logo
  • आइतबार, असोज ११ २०८३

मर्चवार सामुदायिकका युवाहरुद्वारा अतिबिपन्न परिवारलाई राहत प्रदान


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

ज्ञानेश्वर उपाध्याय, भैरहवा असार १२।
मर्चवारको सम्मरीमाई गाउपालिका वडा नं २ बनगाईका एक अति बिपन्न वृद्ध कोहार परिवारलाई शनिबारका दिन मर्चवार सामुदायिक बिकास केन्द्रका युवाहरुद्वारा राहत प्रदान गरिएको छ।
टिनको घर र बृद्धको परिवारमा श्रीमान बाहेक कोइ न भएको तथा खुट्टामा ठुलो घाउ भएको बे-साहाराको रेडियो मर्चवारका संचालक अनिल तिवारीले सामाजिक संजालमा दु:खद घटना शेयर गरेपछी संयोजक हीना तिवारी तथा सुभास पान्डेयको पहलद्वारा पिठो २० केजी चामल २० केजी, आलु, प्याज, तेल, सोयाबीन, नुन सहित अन्य खानेसामग्री र १००० नगद सहितको राहत प्रदान गरि प्राथमिक उपचारको लागि स्वास्थ्य संस्थामा समेत पहल गरिएको हो।

मर्चवार सामुदायिक बिकास केन्द्रले लकडाउनको अवधीमा खाद्यान्न सहयोग अभियान संचालन गरि बिगतमा पनि भैरहवा र ओमसतिया तथा मर्चवारका १२० अतिबिपन्न परिवारलाई राहत प्रदान गरेको थियो ।

बुद्ध जब नेपालका प्रबन्ध निर्देशक सुबास पान्डेय तथा अभियानको संयोजक हिना तिवारी अभियान सहयोगी बिनय यादव , राजेश चौबे, जगन्नाथ बरुणको उपस्थिति तथा संस्थाका अध्यक्ष ज्ञानेश्वर उपाध्यायको अध्यक्षतामा राहत बितरण सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend