logo
  • आइतबार, असोज ११ २०८३

शिवराज १० मा छात्राहरुलाई साइकल वितरण


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

प्रिन्स मिश्रा,कपिलवस्तु असार ११ ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १० मा रहेका छात्रा हरुलाई साइकल वितरण गरिएको छ । वडाका २० जना छात्रा हरुलाई साइकल वितरण गरिएको हो । छात्रा हरुलाई शिक्षा प्रति पहुच पुर्याउन बिद्यालय आवत जावतमा सहजता पुर्याउन शिवराज नगरपालिका वडा नं १० मा छात्राहरु लाई साइकल वितरण गरिएको वडा अध्यक्ष मन्जु मिश्राले जानकारी दिनु भएको छ । पैदल हिडेर एक गाउँबाट अर्को गाउँमा पढ्न जदाँ धेरै समय लाग्ने गथ्र्यो ,बर्षायाममा पनि विद्यालय जानू पर्थ्यो अब साइकल पाएपछि समयको बचत हुने र समय मै विद्यालय पुगिन्छ भने साइकल पाएकी एक विद्यार्थीले खुशी ब्यक्त गरिन ।साइकल वितरण गर्दै वडा अध्यक्ष मन्जु मिश्रले हरेक वर्ष छात्रा हरुलाई शिक्षा प्रति पहुच पुर्याउन बिद्यालय आवत जावतमा सहजता पुर्याउन बजेट छुट्याउने समेत प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो l त्यतै वडा नं १० ले रेडक्रसकाे पहलमा र युनिसेफको सहयोगमा २ जना अनाथ बाल बालिकाहरू लाई ५-५ हजार समेत आर्थिक सहयाेग गरेका अध्यक्ष मिश्राले बताएका छन l

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend