logo
  • आइतबार, असोज ११ २०८३

उत्कृष्ठ काम गर्ने मदानेका पाँच कर्मचारी सम्मानित


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल,गुल्मी असार १० ।

गुल्मीको मदाने गाउँपालिकाले उत्कृष्ठ पाँच कर्मचारीलाई सम्मान गरेको छ । गाउँपालिकाको नवैँ गाउँसभाको अवसरमा सुचना अधिकारी ऋषिराम पोखरेलसहित पाँच कर्मचारी सम्मानित भएका हुन् । पोखरेललाई सर्वोत्कृष्ठ कर्मचारीको रुपमा सम्मानित गरिएको छ । त्यस्तै उत्कृष्ठ कर्मचारीको रुपमा धन बहादुर थापा मगर, ल्याब असिस्टेन्ट शिवहरी पन्थी, पशु प्राविधिक अर्जुन भण्डारी, कार्यालय सहयोगी बिमला राउत र विष्णु विकलाई सम्मानित गरिएको हो । पुरस्कृत हुने सबैलाई नगदसहित दोसल्ला, करुवा र सम्मान पत्र प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र पछाईले जानकारी दिए । चालु आर्थिक बर्षमा मदाने गाउँपालिका स्थानीय तह स्व–मुल्याकंनमा गुल्मीमा प्रथम भएको थियो । गाउँपालिकालाई प्रथम स्थानसम्म ल्याउनको लागि महत्वपूर्ण भुमिका खेलेको भन्दै कर्मचारीहरुलाई सम्मानित गरिएको हो ।गाउँपालिकाको प्रशासनतर्फ उत्कृष्ठ काम गरेकोले पोखरेललाई, स्वास्थ्यतर्फ उत्कृष्ठ काम गरेकोले पन्थी, पशुतर्फ उत्कृष्ठ काम गरेकोले भण्डारीलाई सम्मानित गरिएको प्रमुख प्रशासकीय अधिकृत पछाइले जानकारी दिए । गाउँपालिका अध्यक्ष दान बहादुर खत्रीले उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गर्ने पालिकाको नीति तथा कार्यक्रमअनुसार कर्मचारीलाई सम्मान गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend