साझा नेटवर्क
जोगिन्द्र मल्ल,प्युठान असर १० ।
कृषि शिक्षा पर्यटन र पुर्बधार प्राथमिकता हाम्रो,सबै स्वास्थ र समृद्ध भए बन्छ गौमुखी राम्रो” भन्ने मुल नाराका साथ गौमुखी गाउँपालिका प्युठानको दसौं गाउँ सभा आज शुभारम्भ भएको छ ।
गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीले आ ब २०७८/०७९ को बाषिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । बार्सिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गिरीले कृषिको आधुनिककरण , यान्त्रिक र व्यावसायिककरणमा जोड दिने,गौमुखीको गुरुयोजना तयार पालिका भित्र रहेका उत्कृष्ट जेहेन्दार अति बिपन्न विद्यार्थीलाई इन्जिनियर ,एम बि बि एस डाक्टर र स्थाफ नर्स पढन लाग्ने खर्चको ५०% प्रतिशत रकम लगानी गर्ने,सुत्केरी संग पौष्टिक आहार प्याकेज कार्यक्रम ,घर दैलोमा डाक्टर कार्यक्रम ,गाउँपालिकाको आवधिक योजना,सडक गुरु योजना ,एक घर एक धारा अभियान ,दिगो बिकासको अबधारणा रहेका छन ।
त्यसैगरि पुर्बधार, कृषि ,शिक्षा ,स्वास्थ्य, खानेपानी ,पशु,सडक ,बिधुत यातायात,सिंचाइ पर्यटन लगायतको शिर्षकमा बजेट बिनियोजन गरिने बताउनु भयो । भने सबै स्थानीय बासिहरुलाई कोरोना महामारी बाट बच्न र सुरक्षित रहन अनुरोध गर्नु भयो । गौमुखी गाउँपालिकाको उपाध्यक्ष तुलसी सुनारको स्वागत मन्तव्य संगै भएको कार्यक्रमको संचालन प्रमुख प्रशासकिय अधिकृत सुमन पन्थले गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend