साझा नेटवर्क
मधुसुधन पाण्डे, गुल्मी असार ८ ।
दुवै मृगौला फेल भएपछि धुर्कोट गाउँपालिका -१ का एक युवकले उपचारको लागि सहयोगको याचना गरेका छ्न । धुर्कोट गाउँपालिका -१ नयाँगाउँ खाल चाैरका ३७ वर्षिय भिमबहादुर कुवरको दुवै मृगौला खराब भएपछि उपचारको लागि अर्थ अभाव देखापरेको छ ।
मृगौला प्रत्यारोपण तथा डायलासिस गर्न आर्थिक क्षमता नभएपछि सहयोगको याचना गर्नुपरेको पीडितका बुवा प्रेमबहादुर कुवरले बताउनुभएकाे छ ।
मृगौला पिडित भिमबहादुरले उपचारमा सहयोग गरेर आफ्नो ज्यान बचाइदिन याचना गर्नुभएकाे छ । आर्थिक अभावले उपचार गर्न समस्या भएपछि मृगौला रोगबाट पीडित कुवर र उनका आफन्तले सहयोगको याचना गरेका हुन । पीडितको परिवारका अनुसार चिकित्सकले उहाको नयाँ जीवनका लागि मृगौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएका छन् ।
भिमबहादुरलाई उपचारको लागि तम्घास लगिएकोमा त्यहा उपचार असम्भव भएपछि बुटवल रिफर गरिएको थियो । बुटवलको गाैतमवुद्द मुटु अस्पतालमा चेक-अफ पश्चात् ३ दिन आइसियुमा राखीएकाे थियो । अस्पतालले भिमबहादुरको उपचारको लागि ४५ हजार धराैटी रकम माग गरेको थियो । रकम अभावको कारण परिवारले मृगौला पिडित कुवरलाई घर फर्काएकाे पिडितका बुवा कुवरले बताउनु भयो ।
मृगौला प्रत्यारोपणमा धेरै खर्च लाग्ने भएकाले आफूले खर्च व्यहोर्न सक्ने अवस्था नरहेको आमा विस्नु कुवरले गुनासो गर्नुभयो । डाक्टरले स्वास्थ्यमा थप जटिलता आउन नदिन जतिसक्दो चाँडो मृगौला प्रत्यारोपण गर्न सल्लाह दिएको पीडितका आफन्तको भनाइ छ ।
गरिबीका कारण परिवारले थप उपचार गराउनसक्ने अवस्था नभएपछि भिमबहादुर जीवन र मरणको दोसाँधमा हुनुहुन्छ। पिडित भिमबहादुरका १ छोरा र १ छोरी छन । उहाँ यसअघि भारतको फरिदवादमा काम गर्दै आउनुभएको थियो । उहाँलाई सहयोग गर्नको लागि मोबाईल नं. ९८६९८४६६४४ र ९८६०९६२४३१ मा फोन गरि सहयोग गर्न सकिन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend