logo
  • मंगलबार, असोज १३ २०८३

२४ घण्टामा ३ हजार ६ सय ६० जनाले कोरोना जिते


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

असार ५ ,काठमाण्डौ – नेपालमा गएको २४ घण्टामा २ हजार ४ सय १ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।
सात हजार १० जनाको पीसीआर बाट परीक्षण गर्दा एक हजार ६ सय ८८ जनामा संक्रमण पाइएको छ भने ४ हजार ६ सय ८६ जनाको एन्टिजेन मार्फत परीक्षण गर्दा सात सय १३ जनामा संक्रमण पाइएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घण्टामा ३ हजार ६ सय ६० जनाले कोरोना लाई जितेका छन् ।
यस्तै गएको २४ घण्टामा कोरोनाका कारण थप ३४ जनाको मृत्यु भएको छ ।
यो संगै मृत्यु हुनेको कुल संख्या ८ हजार ६७५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend