साझा नेटवर्क
कास्की, असार ४ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाउनु भएको छ । शुक्रबार पोखरेलले आफूलाई प्रदेशसभाको विश्वास छ भनीको प्रस्ताव बहुमतबाट पारित भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गर्नुभयो ।
नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेलले माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङे सहित ३१ जनाको मत प्राप्त गर्नुभएको हो ।
बहुमतका आधारमा मुख्यमन्त्री चुनिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री पोखरेलले आज प्रदेश सभाबाट विश्वासको मत लिनुभएको हो । यसअघि तिनै ३१ जनाको समर्थनमा उहाँ गएको जेठ २९ गते गण्डकी प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend