साझा नेटवर्क
असार ४, गुल्मी चुरामणि तिमिल्सिना –
गुल्मीको गुल्मी दरबार गाउँपालिका गौडाकोट स्थित म्यालपोखरिको मोडमा कार दुर्घटना हुदा ३ जना घाइते भएका छन ।
भुवाचिदीबाट तानसेन आउदै गरेको ध १ ज ५०१ नम्बरको कार दुर्घटना भएको हो ।
घाइतेको गौडाकोट स्थित श्रेष्ठ मेडिकलमा उपचार भइरहेको पत्रकार रामकृष्ण कंडेलले जानकारी दिनुभयो। घाइते हुनेमा बाग्लुङका गाडी चालक संगम पुन ,गाडीमा सवार हरि थापा र खुमा थापा रहेका छन् । उनिहरुको अबस्था सामान्य रहेको कंडेलले बताउनु भयो । चालकलाइ थप उपचारका लागि पाल्पा पठाइएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend