साझा नेटवर्क
असार ३ ,रिडी चुरामणि तिमिल्सिना -रुपान्तरण नेपालले देशभरि नै २५ बर्ष भन्दा मुनिका बिद्यार्थी लाई लक्षित गरि आयोजना गरेको खुल्ला बक्तृवकला प्रतियोगिता सम्पन्न भएको छ । वातावरण दिवसको अवसर पारेर वातावरणमा स्वच्छता आजको आबश्यकता भन्ने शीर्षकमा प्रतियोगिता आयोजना गरिएको थियो। सामाजिक सञ्जाल प्रत्यक्ष लाइभ बाट सहभागीताको नतिजा प्रकाशन गरेको हो । देशभरि बाट १० जनाको सहभागिता रहेको प्रतियोगितामा गुल्मी चन्द्रकोट गाउँपालिका वडा न २ भञ्ज्याङ् स्थित जनज्योति प्राबिको कक्षा ५ मा अध्यानरत छात्रा रीतिका गौतमले प्रथम स्थान हासिल गरेकी छन् ।
आफ्नै घर नजिकै रहेको बिद्यालयमा अध्ययनरत गौतम गत बर्ष पनि यसै संस्थाले आयोजना गरेको बालबालिकामा कोरोनाको प्रभाव शीर्षकमा बक्तृवकला प्रतियोगिता सञ्चालन गरिएकोमा प्रथम स्थान नै हासिल गरेकि थिइन । बुवा घनञ्याम गौतम र आमा तारादेबि गौतमकी कान्छी छोरी रीतिका सानै उमेर देखिनै पढाइ लेखाइ , बौद्धिक प्रतिभा, नया बिचारकि धनि, बिद्यालयकै अनुशासित छात्रा भएको उनको बिद्यालयका प्रधानाध्यापक हरि नारायण शर्माले बताउनुभयो। शर्माले गौतम चित्रकला ,गायन नृत्य तथा नेतृत्वदायी भुमिका समेत बिद्यालयमा निर्वाह गर्थिन । शर्माले यसरी आफ्नो नाम सहित आफ्नो बिद्यालयको पहिचान
संसारभर फैलाएको भन्दै बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो ।
रुपान्तरण संस्थाले अब छिटै प्रथम , द्वितीय , तृतीय हुने सबैलाई प्रमाणपत्र तथा नगद पुरस्कार समेत वितरण गर्ने कार्यक्रम संयोजकले बताउनुभयो।
उहाले कुन कुन बिषयमा बिद्यार्थीहरुले आफ्नो क्षमता देखाउन सक्छन तथा भाषण कलाको बिकास गर्नको लागि यो कार्यक्रम देशभरि आयोजना गरिएको बताउनुभयो। जसमा १०जनाले सहभागीता जनाएका थिए ।
उहांले सबैका प्रतीभा उत्कृष्ट भएका तर सबैलाई बिजेता गराउन नसकेको र आगमि दिनहरुमा पनि यस्तै बिषयमा तयारी गरेर बस्न सहभागी सबैलाइ आह्वान गर्नुभयो। गौतमले आफुलाइ यस स्थानमा ल्याउन सहयोग गर्नु हुने दिदि बिष्णु , दाइ श्रीराम, घर परिवार, अग्रज लगायत आयोजकलाई धन्यवाद प्रदान गर्नुभएको छ ।
गौतमले फुर्सदको समय कसरि बिताउछिन ?
प्राय गरि गौतमले टेलिभिजनमा समाचार सुन्ने , मोबाइल बाट नया कुराको जानकारी लिने, कथा, कविता पढ्ने ,कबिता तथा गित लेख्ने , फुर्सदमा आमा र दिदि बाट घरमा हुने नया काम सिक्दै हिजो आज लकडाउनको समय बिताउदै आएकी छन । अहिले उनी कक्ष ६ मा पढ्न जाने तयारी पनि गरेकी छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend