logo
  • मंगलबार, असोज १३ २०८३

पछिल्लो २४ घण्टामा संक्रमणका कारण ५३ जनाको मृत्यु


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

३१ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ९१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४३८ पीसीआर परीक्षणमा २ हजार ४९ जनामा र ५ हजार ३८१ एन्टिजेन परीक्षणमा ८६९ जना गरी २ हजार ९१८ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ३१ हजार ८६० पुगेको छ । तीमध्ये ५ लाख ३६ हजार २५२ जना निको भएका छन् ।

त्यस्तै सक्रिय संक्रमितको संख्या ६५ हजार ८०४ रहेको छ ।
५ हजार १४७ जना संक्रमण मुक्त भएका छन् ।

संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ ।यो संगै
मृत्यु हुनेको संख्या ८ हजार ४६५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend