logo
  • आइतबार, असोज ११ २०८३

शिवराजकाे डेढ लाख बिरुवा वितरण गर्ने लक्ष्य कपिलवस्तुमा


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

प्रिन्स मिश्रा, कपिलवस्तु जेठ ३१।
जिल्लाकाे शिवराज साझेदारी बन व्यवस्थापन समितिले यस बर्ष डेढ लाख बिरुवा वितरण गर्ने लक्ष्य राखेकाे छ ।

जिल्लाकाे ४ साझेदारी बन व्यवस्थापन समिति मध्ये शिवराज साझेदारी बन व्यवस्थापन समितिले आर्थिक बर्ष ०७७/०७८ मा लगभग एक लाख बीस हजार टिक(सागवन) र तीस हजार मसलाका बिरुवा उपभाेक्तालाई उपलब्ध गराउने साझेदारीका अध्यक्ष जगदम्बा प्रसाद चाैधरीले बताए । उनले बन कर्मचारी र संचारकर्मीसंगकाे अन्तर्क्रियामा भारतीय सिमासंग सटेकाे याे साझेदारीमार्फत बन पैदावार पढाउने र जंगलकाे दायरा फराकिलाे बनाइ उपभोक्ताकाे बनमा पहुंच गर्ने मेराे लक्ष्य रहेकाे बताएका छन्।

शिवराज साझेदारी बन व्यवस्थापन समिति जिल्लाकै नया समिति भएतापनि बन क्षेत्रफल बढाउन र निजि बन व्यवस्थापनमा हामी सफल भएकाे सहायक वनअधिकृत प्रेमशंकर गुप्ताले जानकारी दिए। थाेरै समयमा करिब १२ हजार क्विब फिट काठ संकलन गरेका छाैं , काठ बिक्रीवितरण खुला गरिएकाे समाचार आएकाे छ तर अधिकारिक जानकारी नआएकाले काठ वितरण गर्न नसकेकाे अधिकृत गुप्ताले बताए ।

शिवराज साझेदारीले नर्सरी व्याड बनाई प्रत्येक बर्ष निशुल्क बिरुवा उपलब्ध गराउदै आएकाे छ भने यसबर्ष पनि असार ७ गतेदेखि वितरण गरिने जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend