logo
  • मंगलबार, असोज १३ २०८३

पछिल्लो २४ घण्टामा थप ३ हजार ७५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

काठमाडौं जेठ २८,पछिल्लो २४ घण्टामा थप ३ हजार ७५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ९ हजार ५९८ जनाको परीक्षण गर्दा २ हजार ७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १०४१ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख ४ हजार ३९६ जनामा संक्रमण पुष्टि भएको छ एन्टिजेन विधिबाट १८ हजार ७५५ जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा थप ५ हजार २२५ जना संक्रमण मुक्त भएका छन् । हालसम्म ५ लाख २० हजार ८१६ जना संक्रमण मुक्त भइसकेका छन् ।
पछिल्लो समय नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी हुन थालेपछि सक्रिय संक्रमितको संख्या घट्दै ७५ हजार २७५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ६७ जनाको मृत्यु भएको छ । देशभर ८ हजार ३०५ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend