साझा नेटवर्क
साझा नेटवर्क, जेठ २६ ,काठमाण्डौ – प्रतिनिधिसभा विघटन विरुद्धका मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
प्रतिनिधिसभा विघटन बदर र कांग्रेस सभापति शेरबहादुर देउवा लाई प्रधानमन्त्रीको सपथ ग्रहण गराउन परमादेश तथा अन्तरिम आदेश माग गर्दै परेको रिटमाथि बुधबार संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइ भएको हो।
यस्तै सर्वोच्चले सरकारसँग प्रतिनिधि सभा विघटन गर्नुको लिखित कारण माग गरेको छ । प्रतिनिधि सभा विघटनका विषयमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विपक्षी सँग सर्वोच्चले लिखित जवाफ मागेको हो ।
विपक्षीले लिखित जवाफ बुझाएपछि असार ९ गतेदेखि यो मुद्दामा निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ ।
अरु मुद्दालाई ‘लगाऊ मुद्दा’को रुपमा राखिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend