logo
  • शनिबार, साउन ९ २०८३

गुल्मीको जुभुङ्गमा तिज गीत प्रतियोगिता सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

गुल्मी, भदौ १२।
गुल्मीको जुभुङ्ग गाविसमा तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । सो गाविसको झिरवास फ्रेड्स क्लवको आयोजनामा भएको तिज गित प्रतियोगितामा जुभुङ्ग १ को नागरिक सचेतना केन्द्र प्रथम भएको छ । त्यस्तैै वरविपल महिला जुभुङ्ग २ दृतिय भएको छ । जनशक्ती आमा सामु जुभुङ्ग ३ द्धृतिय भएको छ ।

उत्कृष्ट भेषभुषा सहित न्यु मालिका आमा समुह वडा नम्वर २ ले सान्तवान पुरस्कार प्राप्त गरेको छ । खडगदेवि य्वा क्लवले उत्कृष्ट सहभागीता पुरस्कार प्राप्त गरेको छ । विजेता क्रमशः प्रथमलाई ८ हजार नगद पुरस्कार र प्रमाण पत्र, द्धृतियलाई ५ हजार , तृतियलाई ३ हजार । सन्तवानलाई १ हजार र उत्कृष्ट सहभागी समुहलाई १५ सय नगद र प्रमाण पत्र सहित सम्मान गरिएको थियो । लामो समय देखि जुभुङ्ग गाविसको सामाजिक कार्यमा क्रियाशिल रहेको झीरवास फ्रेण्डस युवा क्लवलमौलिक संस्कृती संरक्षणका अलवा अन्य सामाजिक कार्य पनि गर्दै आएको क्लवका अध्यक्ष प्रकाश थपाले बताउनु भयो ।

कार्यक्रममा झिरवास युवा क्लवले सहयोगी सवै सघ संस्था र व्यक्तिहरुलाई सम्मान सम्मान समेत गरेको थियो । कार्यक्रममा जुभुङ्गका समाज सेवी तथा क्लवका सल्लाहकार ज्ञानबहादुर खड्का , सन्तबहादुर थापा , थम्मनबहादुर खड्का , अवकास प्राप्त क्याप्टेन केशरसिंह सारु लगायतको बिशेष आतिथ्यता रहेको थियो । स्थानिय कलाकारहरुको तिज गीत लगायत राष्ट्रिय कलाकार शान्त परियार , सन्तबहादुर थापा , तेजेन्द्र खड्का , सुमन गैरे , सुरज बिक लगायतको प्रस्तुतिले साँझा अवेर सम्म मनोरञ्जन प्रदान गरेको थियो ।

झिरवास फ्रेण्डस क्लम जुभुङ्गका अध्यक्ष प्रकाश थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष आशा बस्नेतको स्वागत मन्तव्य र सचिव सुवास बिसीको सञ्चालन रहेको थियो । यसै बिच रेसुङ्गा टेलिभिजनका प्रवन्ध निर्देशक सुमन पाण्डे र समाचार प्रमुख प्रेम सुनार गुल्मीको एक युवा क्लवद्धारा सम्मानित हुनु भएको छ । गुल्मीको जुभुङ्ग गाविसमा रहेको झिरवास युवा क्लवले गुल्मीमा पहिलो पटक टेलिभिजन मार्फत यहाँका वासीन्दालाई सु सुुचित गरेको भन्दै सम्मान गरिएको क्लवले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend