logo
  • आइतबार, असोज ११ २०८३

पश्चिम नवलपरासीमा कोरोना संक्रमित निको हुनेको संख्यामा वृद्धि


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

उर्मिला यादव यात्री, नवलपरासी जेठ २२ ।
पश्चिम नवलपरासीमा कोरोना संक्रमित निको हुनेको संख्या बढदै गएको छ । आज जिल्लामा एक सय दश जना कोरोना संक्रमित निको भएका छन ।

यो संगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या तीन हजार एक सय ६९ पुगेको छ । यस्तै गरी जिल्लामा आज ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पीसीआर परीक्षणबाट २० र एन्टिजेनबाट १३ जनामा परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कुल संक्रमितको संख्या चार हजार, दुई सय ९१ पुगेको छ ।

शनिबार सबैभन्दा बढी सुनवल नगरपालिकामा ७ जना महिला र ७ जना पुरुष गरी १४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गरी बर्दघाट नगरपालिकामा ९ जना, रामग्राम नगरपालिकामा ३ जना, सरावल गाउपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै प्रतापपुर गाउपालिका, पाल्हिनन्दन गाउपालिकामा र सुस्ता गाउपालिकामा आज कुनै संक्रमित नथपिएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । यस्तै गरी जिल्लामा सक्रिय संक्रमितको संख्या ९ सय ८० रहेको छ ।

सनिवार कोरोना संक्रमणबाट जिल्लामा ३ जनाको ज्यान गएको छ । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या एक सय ४२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend