logo
  • शुक्रबार, साउन ८ २०८३

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

Blood sample tube positive with COVID-19 or novel coronavirus 2019 found in Wuhan, China

केशब गौतम, गुल्मी जेठ २२ ।
पछिल्लो २४ घण्टामा गुल्मीमा ९६ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित गुल्मीमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १ हजार नौ सय २० पुगेको जनस्वास्थ्य कार्यालयले गुल्मीले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा २१० जनामा गरिएको कुल परीक्षणमध्ये ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सगै गुल्मीमा कोरोना सक्रिय संक्रमितको संख्या पांच सय ८६ पुगेको छ।

पछिल्लो २४ घण्टामा गुल्मीमा सबैभन्दा धेरै जिल्लाको कालिगण्डकी गाउपालिकामा ४६ जना,मुसिकोट गाउपालिकामा २५ जना,गुल्मीदरबार गाउँपालिकामा ११ जना,सत्यवती गाउँपालिकामा १ जना,रेसुङ्गा नगरपालिकामा ३ जना,धुर्कोट गाउँपालिकामा ३ जना,मालिका गाउँपालिकामा ३ जना,चन्द्रकोट गाउँपालिकामा २ जना, छत्रकोट गाउँपालिकामा २ जना, र रुरुक्षेत्र गाउँपालिकामा २ जना गरि ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण १ जनाको ज्यान गएको छ। जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ४ कि ७० वर्षिय महिलाको मृत्यु भएको छ। यो सँगै दोस्रो कोरोना लहरका कारण गुल्मीमा मृत्यु हुनेको संख्या ८४ पुगेको जनस्वास्थ्य कार्यालयले गुल्मीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend