logo
  • आइतबार, असोज ११ २०८३

नेपाल नियमित रक्तदाता संघद्वारा सैनामैनामा ७५ युनिट रगत संकलन


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

यमलाल भुसाल, बुटवल जेठ २१ ।
नेपाल नियमित रक्तदाता सघ रुपन्देही ले कोभिड माहामारिमा रगतको अभावमा कसैको पनि ज्यान जान नपरोस भन्ने उद्देश्यका साथ सैनामैना नगरपालिकामा आयोजना गरेको रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका छन ।
सघले शुक्रवार उक्त रगत संकलन गरि रक्तसञ्चार केन्द्र बुटवल लाई हस्तान्तरण गरेको हो । सैनामैनामा रहेका नेपाल स्काउट ,वडा स्तरीय युथ क्लब सैनामैना,सत्य संजालको सहयोगमा रामापुरको सत् चिन्तन भवनमा कार्यक्रम गरिएको हो।

नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष दया बहादुर सिलवालको अध्यक्षता,सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर काकीर्ले सेवा भावले संघले गरेका काम सराहनीय भएको भन्दै निरन्तर साथ र सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका महासचिव कृष्ण पगेनी ,नेपाल नियमित रक्तदाता संघका उपाध्यक्ष लेखनाथ भण्डारी,सचिव महेश खनाल ,सत्य संजालका अध्यक्ष युवराज भुसाल लगायतले बोल्दै रगत व्यवस्थापनमा सस्था सक्रियका साथमा लागि परेको भन्दै सवैको साथ र सहयोग जरुरी रहेको औल्याएका थिए ।

भोजराज भण्डारी को स्वागत र सचिव महेश खनालको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend