logo
  • आइतबार, असोज ११ २०८३

कामचलाउ सरकारद्वारा मन्त्रिपरिषद् पुनर्गठन


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क,काठमाडौं जेष्ठ २१ ।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नयाँ मन्त्रिमण्डलमा १७ जना सदस्य रहेका छन् । नयाँ मन्त्रीहरुले आजै शीलतनिवासमा सपथ लिएका छन् ।ठाकुर पक्षबाट ८ जना मन्त्री र दुईजना राज्यमन्त्री थपिएका छन् ।  मन्त्री बन्न्नेहरुमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, एकवाल मियाँ, विमल श्रीवास्तव, उमाशंकर अरगरिया र रेणुका गुरुङ, चन्द्रकान्त चौधरी छन् । ​एमालेबाट विष्णु पौडेल, रघुवीर महासेठ, शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ, ​वसन्तकुमार नेम्वाङ र लीलानाथ श्रेष्ठ मन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend