साझा नेटवर्क
साझा नेटवर्क, कतार जेठ २० ।
विश्व यतिबेला कोरोना भाईरसको दोस्रो भेरीयन्टका कारण सङ्कटमा परिरहेको छ । नेपालमा समेत यसको असर दिन प्रतिदिन बढी रेहको छ । नागरिकहरू सामान्य उपचार नपाएर मृत्यु वरण गर्न थालेपछि देश विदेशमा रहेका नेपालीहरू कोरोना बिरुद्धको लडाईमा स्वतफुर्त रूपमा जुट्ने क्रमबढी रहेको छ ।
यतिबेला मध्यपूर्वमा रहेका नेपालीहरूले दिल खोलेर सरकार तथा आफ्ना गृह जिल्लामा सहयोग जुटाई रहेका छन् । यसै क्रममा नेपाली काङ्ग्रेसको प्रवास संगठ्न जनसम्पर्क समिति कतारले कोभिड-१९ महाविपत्तिको रोकथाम र उपचार सहयोगार्थ ४ लाख २० हजार रुपैयाँ सहयोग रकम नेपाल पठाएको सभापति अजिज अलिले साझा नेटवर्कलाई जानकारी दिए ।
अलिका अनुसार ३ लाख ५० हजार रुपैयॉ नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयको खातामा, २ वटा अक्सिजन सिलिन्डर एनआरएनए मध्यपूर्व मार्फत र केही जिल्लाहरूमा समेत पठाएको बताए ।
कोरोना महामारीका बेला कतारमा समेत राहत वितरण तथा पीडितको उद्धार कार्यमा उत्कृष्ट भूमिका खेलेको समितिले सबै रकम आन्तरीक रूपमा सङ्कलन गरेको जनाएको छ । उक्त रकम पार्टीको निर्णय बमोजिम अति आवश्यक परेका जिल्लाहरूमा पठाइने अलिले जानकारी गराए । प्रवासमा रहेका सङ्गठनहरूबाट सहयोग रकम केन्द्रीय समितिको खातामा जम्मा हुने क्रम चलीरहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend