logo
  • शुक्रबार, साउन ८ २०८३

गुल्मी मदानेका युवाहरुले दिए विपन्न परिवारलाई खाद्यान्न


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

हुमाकान्त पोखरेल, गुल्मी जेठ २० ।
गुल्मीको मदाने गाउँपालिका –६ पुर्कोट दहका युवाहरुले विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न प्रदान गरेका छन् । युवाहरुले म्यासेन्जरमा ‘परोपकारी मनहरु पुर्कोट’ नामको ग्रुप बनाई त्यसैबाट संकलन भएको रकमबाट राहत प्रदान गरेका हुन् ।
उनीहरुले १६, र १८ गते दुई दिन ४९ जनाको घरसम्मै पुगेर चामल, तेल, दाल, नुन लगायतका खाद्य सामग्री प्रदान गरेको अभियान्ता महेश कुँवरले जानकारी दिए । उनका अनुसार चार जनाभन्दा बढी परिवार सङ्ख्या भएका १६ परिवारको लागि ५०/५० किलो चामल, तेल, नुन र दाल दुई÷दुई किलो प्रदान गरिएको छ ।

त्यस्तै चार जनाभन्दा कम परिवार सङ्ख्या भएका २२ परिवारको लागि ३०/३० किलोको चामल, तथा नुन, तेल र दाल दुई/दुई किलो वितरण गरिएको छ भने ११ परिवारलाई २५/२५ किलो चामल तथा तेल, नुन र दाल दुई÷दुई किलो प्रदान गरिएको छ ।

अभियान्ता कुँवरले युवाहरुको सक्रियतामा संकलन भएको एक लाख ५० हजार भन्दा बढी रकमले उक्त खाद्यान्न प्रदान गरिएको बताए । उनले समाजप्रति आफुहरुको दायित्व सम्झेर लकडाउनमा ज्याला मजदुरी गरेर जिवन निर्वाह गर्ने विपन्न परिवारको लागि खाद्य सामग्री उपलब्ध गराएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend