logo
  • आइतबार, असोज ११ २०८३

गुल्मी पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना पुष्टि, अहिलेसम्म १ हजार ७ सय ५५ जनाले जिते कोरोना


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

केशब गौतम, गुल्मी जेठ २० ।
पछिल्लो २४ घण्टामा गुल्मीमा ५८ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित गुल्मीमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १ हजार सात सय ५५ पुगेको जनस्वास्थ्य कार्यालयले गुल्मीले जानकारी दिएको छ ।

अहिले गुल्मीमा छ सय १२ सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ५२ जनाको पीसीआर र 5 जनाको एन्टिजेन गरि ५७ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १६० जनामा गरिएको कुल परीक्षणमध्ये ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यसमध्ये सबैभन्दा धेरै जिल्लाको रुरुक्षेत्र गाउपालिकामा २६ जना,रेसुङ्गा नगरपालिकामा ६ जना, मदाने गाउँपालिकामा १ जना, धुर्कोट गाउँपालिकामा १ जना,कालिगण्डकी गाउँपालिकामा १ जना,सत्यवती गाउँपालिकामा १ जना, चन्द्रकोट गाउँपालिकामा २० जना,इस्मा गाउँपालिकामा १ जना गरि ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यो सगै गुल्मीमा कोरोना सक्रिय संक्रमित संख्या ६१२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ज्यान गुमाउने को संख्या शुन्य रहेसंगै काेराेना सङ्क्रमणका कारण आजसम्म गुल्मीमा ८२ जनाको ज्यान गएको जनस्वास्थ्य कार्यालयले गुल्मीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend