logo
  • शुक्रबार, साउन ८ २०८३

गुल्मीमा १६२५ जना कोरोना संक्रमण मुक्त


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

अनिल खत्री, गुल्मी जेठ १९।
गुल्मीमा दोस्रो चरणमा कोरोना भाइरसले संक्रमितमध्ये हलसम्म १६२५ जनाले कोरोना जितेर घर फर्केका छन् ।

जिल्लामा कुल संक्रमित २२८२ जनामध्ये १६२५ जनाले कोरोना मुक्त भएर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले गुल्मीले जनाएको छ । जिल्लामा हाल ६०७ जना सक्रिय संक्रमित रहेका छन्। संक्रमित मध्ये ५८३ जना होम आइसोलेशनमा रहेका छन्। २३ जनाको आइसोलेशनमा राखेर उपचार भइरहेको छ ।
जिल्लामा कोरोनाको दोस्रो चरणमा ८१ जनाको मृत्यु भएको छ। जिल्लाभर १७१ बेडको आइसोलेशन तयार गरिएको छ। हाल जिल्लामा २७७ वटा अक्सिजन सिलिण्डर रहेका छन्। जिल्ला चभर ३९ वटा एम्बुलेन्स रहेका छन्।

जिल्लामा कोरोना भाइरस बिरुद्ध पहिलो चरणको खोप लगाउनेको संख्या २२ हजार ५७८ जना रहेका छन् । जसमध्ये दोस्रो चरणकोखोप लगाउने ४ हजार ३१६ जना रहेका छन्। जिल्लामा जेठ २४ गतेसम्मको लागि निषेधाज्ञा गरिएको छ। कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तिब्र गतिमा फैलिरहेकाले त्यसको सर्तकता स्वरुपमा जिल्लालाई निषेधाज्ञा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend