साझा नेटवर्क
Recovery and covid, pictured by word Recovery and viruses to symbolize that Recovery is related to coronavirus pandemic, 3d illustration
उर्मिला यादव यात्री, नवलपरासी जेठ १७।
पश्चिम नवलपरासीमा सोमबार ८२ जना कोरोना संक्रमित निको भएका छन । यो संगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई हजार सात सय ३४ पुगेको छ । यस्तै गरी जिल्लामा आज ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पीसीआर परीक्षणबाट ४८ र एन्टिजेनबाट २ मा परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कुल संक्रमितको संख्या चार हजार, एक सय २२ पुगेको छ ।
सोमबार सबै भन्दा बढी रामग्राम नगरपालिकामा १० जना महिला र १९ जना पुरुष गरी २९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गरी बर्दघाट नगरपालिकामा ४ जना, सुनवल नगरपालिकामा ८ जना, प्रतापपुर गाउपालिकामा २ जना र पाल्हिनन्दन गाउपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ ।
सरावल गाउपालिकामा र सुस्ता गाउपालिकामा आज कुनै संक्रमित नथपिएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । यस्तै गरी जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार २ सय ५६ रहेको छ । सोमबार कोरोना संक्रमणबाट जिल्लामा १ जनाको ज्यान गएको छ । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या एक सय ३२ पुगेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend