logo
  • शनिबार, साउन ९ २०८३

कतारमा बसन्त फिल्मसद्वारा राष्ट्रिय कलाकार सम्मानित


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

तिलु शर्मा पौडेल, कतार ।
बसन्त फिल्मस् प्रा.लि.द्धारा राष्टिय कलाकारहरु सम्मानित भएका छन । सुदूरपश्चिम सेवा समाज कतारद्धारा आयोजित गौरा पर्व तथा सास्कृतिक कार्यक्रमका लागि कतार आएका देउडा तथा छलिया गायक तथा नृत्यकार शंकर सिंह बिष्ट, देउडा गायिका चाँदनी मल्ल, देउडा गायक सुर्य विरही साउद, सुदुर पश्चिमको अति प्रचलित ठाडी भाकाकी गायिका पवित्रा भण्डारीलाई फिल्मसले एक कार्यक्रमको आयोजना गरी दोसल्ला ओढाउदै सम्मान पत्रले सम्मान्न गरेको हो । Basant 4th artist
कार्यक्रममा फिल्मसका प्रबन्धक निर्देशक ईश्वर काफ्ले सभापति रहेका थिए । समाजसेवी तथा व्यवसायी महल के.सि.को प्रमुख आतिथ्यता तथा कलाकारहरु शंकर सिंह बिष्ट, सुर्य विरही साउद, चाँदनी मल्ल, पवित्रा भण्डारी, वरिस्ठ युवा समाजसेवी कृष्ण बराल, प्रवासी युवा समाजका सस्थापक अध्यक्ष छम परियार, सु.प.सेवा समाजका अध्यक्ष अमृत साही विशेष अतिथि रहेका थिए ।

basant6
यसैगरी सु.प.सेवा समाजका दित्तीय उपाध्यक्ष लिला अधिकारी, स्याङ्जा सहयोग समाजका उपाध्यक्ष अबु बकर अलि, प्युठान सेवा समाजका उपाध्यक्ष बलदेव राना, बुद्ध भुमि कपिलबस्तु सेवा समाजका साँस्कृतिक सयोजक बिमल भुषाल लगायत गित संगीत र बसन्त फिल्मस् प्रालिलाई माया गर्ने सुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

basant1कार्यक्रममा फिल्मसका सल्लाहकार केशव कंडेलले स्वागत मन्तव्य राखेका थिए । उपस्थित विशेष अतिथिहरुको तर्फबाट सु.प. सेवा समाजका अध्यक्ष अमृत साहीले सांगीतिक शुभकामना मन्तव्य राख्दै शाहीले विशेष त सुदुर पश्चिमसंग सम्बन्धित कलाकारहरुलाई पहिलो पटक कतार ल्याइएको जानकारी गराउदै बसन्त फिल्म जस्तो चर्चित सस्थाले यसरी सुदुर पश्चिमेली भेगका कलाकारलाई जुन सम्मान प्रदान गर्दै छ त्यसले कलाकार वास्तवमै राष्ट्रकै गहना हुन भन्ने थप प्रमाणित गर्दछ यस कार्यबाट निकै ठुलो हौसाला सहित खुसि मिलेको छ भन्दै फिल्मसलाई धन्यवाद ज्ञापन गर्दै कलाकारहरुलाई साँगितिक यात्रा सफलताको शुभकामना दिए ।

basant 7कार्यक्रममा कलाकारहरुको तर्फबाट बोल्दै गायक साउदले आफुलाई कतार सम्म ल्याउन चाजोपाजो मिलाउने सु.प.सेवा समाज र कलाकारहरुको ढुकढुकी बनेको सस्था बसन्त फिल्मस प्रालिद्वारा सम्मानित हुन पाउदा आफुहरु निकै भाग्यमानी तथा सम्मानबाट खुशी भएको र यो माया सम्मान र इज्जतलाइ बाचुन्जेल नभुल्ने बाचा गर्दै सम्पूर्ण बसन्त फिल्मस् प्रा.लि.टिम प्रति आभार प्रकट गरे । सोहि अवसरमा आफ्नै चर्चित गित चारसौ बिस आउदैन सुदुरको चेलो म त चारसौ बिस आउदैन फेसबुकमा जस्तो फ्यास फुस्स पिरती लाउदैन गुन गुनाए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि के.सि.ले कलाकारहरु राष्ट्रका गहना भएको र यस्ता गहनालाई बसन्त फिल्मसले सम्मान गर्दै आइ रहेकोमा खुसी व्यक्त गरे । फिल्मस् कतारको सन्दर्भमा कलाकारहरुको सम्मान कार्यक्रममा अग्र पङ्क्तिमा रहेको बताए । फिल्मसले विभिन्न समयमा सामाजिक कार्यहरु समेत गर्दै आइरहेकोले उक्त सामाजिक कार्यमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमको समापन गर्दै सभापति काफ्लेले आफु गित संगीत र बसन्त फिल्मस एक अर्काका परिपुरक हुन् र बसन्त फिल्मसले कुनै पनि राष्ट्रका कलाकारलाई विभेद नगर्ने स्पष्ट परेका थिए । फिल्मसले कलाकारहरुलाई सम्मान मात्र नभएर विभिन्न म्युजिक भिडियोहरुलाई बजार व्यवस्थापन समेत गर्दै आइरहेको जानकारी गराए । फिल्मस् स्थापना भएको एक वर्ष पुरा नहुदै ३ दर्जन भन्दा बढी गीतको भिडियोलाई बजार व्यवस्थापन गरी सकेको र उक्त गीतहरुको युट्युबमा भिवर,पी.आर.बिटि., सि.आर.बिटी लगायतका माध्यमबाट आम्दानि हुने रकम बसन्त फिल्मसले एक रुपैया पनि नलिई सबै श्रष्टाहरुलाई नै प्रदान गरिएको बताए ।

फिल्मसको युट्युब अकाउन्ट पनि बनाई सकिएको बताउदै काफ्लेले भावी दिनमा आफ्नै युटुब अकाउन्टबाट नया गीतहरुका म्युजिक भिडियोलाई बजार व्यवस्थापन गर्ने बताउदै फिल्मसले स्थानीय तथा राष्ट्रिय ५० भन्दा बढी कलाकारहरुलाई सम्मान गरीसकेको बताए । साथै काफ्लेले कलाकारहरुलाई साँगितिक यात्रा सफलताको शुभकामना दिदै कार्यक्रम समापन गरेका थिए । कार्यक्रम तिलु शर्मा पौडेलको सन्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend