logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीका १२ स्थानीय तहमा कहाँ कति बजेट हेर्नुहोस्


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री,गुल्मी जेठ १६ ।

गुल्मी जिल्लाले आगामी आर्थिक बर्ष २०७८ र ०७९ को लागि ४ अर्ब भन्दा धेरै बजेट पाएको छ । जिल्लाका १२ स्थानिय तह मध्य २ नगरपालिका र १० गाउँपालिका रहेका छन । जसमा जम्मा ४ अर्ब ३४ करोड ७८ लाख रुपैया पठाइएको छ । जसअन्तर्गत मुसिकोट नगरपालिकाले ४७ करोड १८ लाख रुपैया बजेट पाउँदा रेसुङ्गा नगरपालिकाले ३८ लाख ४० हजार रुपैया रकम पाएको छ ।

त्यस्तै स्थानीय तहमा कालिगन्डकी गाउँपालिकाले ३२ करोड ८१ लाख , गुल्मी दरबार गाउँपालिकाले ३३ करोड २९ लाख ,चन्द्रकोट गाउँपालिकाले ३३ करोड ४ लाख ,छत्रकोट गाउँपालिकाले  ३६ करोड ९६ लाख, धुर्कोट गाउँपालिकाले ३८ करोड ५२ लाख पाउने भएका छन । मदाने गाउँपालिकाले ३५ करोड ३५ लाख , मालिका गाउँपालिकाले ३७ करोड ११ लाख, रुरु गाउँपालिकाले ३६ करोड ५० लाख, सत्यवति गाउँपालिकाले ३५ करोड ९४ लाख र सबैभन्दा कम बजेट इस्मा गाँउपालिकालाई २९ करोड ६८ लाख रुपैयाँ छुट्टाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend