साझा नेटवर्क
प्रिन्स मिश्रा कृष्णनगर कपिलवस्तु जेठ १६।
शिवराज अस्पतालको निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्टमा डा. मुकेश चौधरी नियुक्त भएका छन् । जेठ १६ गतेको कृष्णनगर नगरपालिकाकाे निर्णय अनुसार चौधरीलाई निमित्त प्रमुख मेसुको जिम्मेवारी दिइएको हो ।
यस अघिका अस्पतालका मेसु सत्य लक्ष्मी सक्यले जेष्ठ १५ गते अवकाश पाएपछि मेसु पद खाली थियो ।
मेसुमा डा मुकेश चौधरीले नियुक्ति पाए पछि समाजसेवी निर्भय सिंह लगायत शिवराज अस्पतालका कर्मचारीहरू स्वास्थ्य बीमा संयोजक अरुण चौधरी, बादल सिंह, अहेव रवि उपाध्याय, राज शुक्ल, अहेव शालिक राम कहार, रामदेव गुप्ता, रेडियो ग्राफर रितुराज मिश्रा, सुरेश कहार, लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend