logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा जेठ २४ गतेसम्म निषेधाज्ञा


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री,गुुल्मी जेठ १५ ।
गुल्मीमा निषेधाज्ञाको समय जेठ २४ गतेसम्म थपिएको छ । जिल्ला कोभिड–१९ संकट ब्यबस्थापन केन्द्रको बैठकले जेठ २४ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
जिल्लामा गत बैशाख १८ गते रातिदेखि जारी हुँदै आएको निषेधाज्ञाको समय आज राती १२ बजे सकिदैछ । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तिब्र गतिमा फैलिरहेकाले त्यसको सर्तकता स्वरुपमा जिल्लालाई निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

यो अबधीमा अत्यावश्यक उपभोग्य खाद्य बस्तु बेच्ने पसल, दूध , तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामाग्रीका पसलहरु विहान ७ देखि ९ बजेसम्म खुलाउन पाइने भएको भएको छ । निषेधाज्ञामा खाद्ययन्न, तरकारी, फलफुल, दुध, पानी, औषधी,बोक्ने मालवाहक गाडी र एम्बुलेन्स बाहेक मोटरसाइकल सहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको छ ।

निषेधाज्ञाको अबधीमा अत्याबश्यक काम बाहेक नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ। अस्पताल, औषधि पसल २४ सौं घण्टा खुला रहनेछन् । तोकीएका क्षेत्र बाहेक अन्य सम्पूण क्षेत्र बन्द रहने निर्णय भएको छ । निषेधाज्ञाको अबधीमा अत्याबश्यक काम बाहेक नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ । निषेधाज्ञा उलंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अबरोध गर्ने जुनसुकै उपर प्रचलित कानुन बमोजिक कारवाही हुने प्रशासनले जनाएको छ ।

उपर्युक्तानुसारको निर्णय कार्यान्वयन गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी वलका अतिरिक्त आवश्यकतानुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा २ बमोजिम नेपाली सेनाको समेत सहयोग लिने निर्णय गरिएको छ । जिल्लामा कोभिडको दोस्रो लहरबाट ६९६ जना सक्रिय संक्रमितको संख्या रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

कोरोना संक्रमणका कारण जिल्लामा ७५ जनाको मृत्यु भइसकेको छ । जिल्लामा हालसम्म १ हजार २५८ जना संक्रमित निको भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend