साझा नेटवर्क
उर्मिला यादव यात्री, जेठ १३ ।
सामाजिक क्षेत्रमा क्रियाशिल संस्था रुपन्देही युवा समुहले राहत बितरण कार्यलाई निरन्तरता दिएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा जारी गरेपछि समस्यामा रहेका गरीब तथा अति बिपन्न ११ घर परीवारलाई समुहले बिहीबार पनि राहत बितरण गरेको छ ।
रुपन्देही युवा समुहका अध्यक्ष बिशाल गुप्ताको अध्यक्षतामा सिद्धार्थ नगरपालिका भित्र रहेका गरीब तथा अति बिपन्न ११ घर परीवारलाई सात किलो चामल, एक पोका तेल, एक प्याकेट नुन, तीन किलो आलु, डेढ किलो प्याज र २ प्याकेट बिस्कुट बितरण गरीएको समुहका महासचिव कृष्ण खरेलले जानकारी दिनु भएको छ ।
बुधबार र बिहीबार गरी २४ घरपरिवारलाई राहत बितरण गरीएकोे छ ।यस अघि पनि समुहले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिदै जाने रुपन्देही युवा समुहका संस्थापक आनन्द प्रसाद गुप्ताले बताउनु भयो ।
राहत बितरण कार्यक्रममा रुपन्देही युवा समुहका संस्थापक आनन्द प्रसाद गुप्ता ,बरिष्ठ उपाध्यक्ष बिशाल मिश्रा, उपाध्यक्ष प्रकाश हरीजन,कोषाध्यक्ष अभिषेक जैसवाल र सहसचिव किसान जैसवाल, सदस्य बिजय कार्की थापा लगायतको सहभागिता रहेको थियो । राहत बितरण कार्यलाई शुक्रबार पनि निरन्तरता दिने समुहले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend