logo
  • आइतबार, असोज ११ २०८३

पश्चिम नवलपरासीमा २ सय २३ जना कोरोना संक्रमित थपिए


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

उर्मिला यादव यात्री, नवलपरासी जेठ १२।
पश्चिम नवलपरासीमा बुधबार २ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट २१३ र एन्टिजेनबाट १० जना गरी २ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै जिल्लामा कुल संक्रमितको संख्या तीन हजार, ९ सय २७ पुगेको छ । आज बुधबार सबै भन्दा बढी बर्दघाट नगरपालिकामा ८७ जना महिला र ८९ जना पुरुष गरी एक सय ७६ जनामा संक्रमण पुष्टि भएको छ ।

रामग्राम नगरपालिकामा २३ जना सुनवल नगरपालिकामा १० जना, सरावल गाउपालिकामा ५ जना, सुस्ता गाउपालिकामा ३ जना, प्रतापपुर गाउपालिकामा २ जना र पाल्हिनन्दन गाउपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

यस्तै बुधबार एक सय ४५ जना कोरोना संक्रमित निको भएका छन । यो संगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई हजार तीन सय ३५ पुगेको छ ।

जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार चार सय ६९ रहेको छ । बुधबार कोरोना संक्रमणबाट जिल्लामा २ जनाको ज्यान गएको छ । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या एक सय २३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend