logo
  • आइतबार, असोज ११ २०८३

अक्सिजन प्लान्ट अभियानद्वारा गुल्मी अस्पताललाई ३ थान अक्सिजन कन्सन्टेटर प्रदान


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

सूर्य सुनार गुल्मी जेठ १२।
नेपाल पत्रकार महासंघको अक्सिजन प्लान्ट अभियानमा गुल्मी अस्पताललाई अक्सिजन कन्सन्टेटर प्रदान गरिएको छ । डाफे फाउन्डेसन र नेपाल कृटिकल केयर डेभलपमेन्टले गुल्मी अस्पताललाई ३ थान अक्सिजन कन्सन्टेटर सहयोग गरेको हो ।

अक्सिजन कन्सन्टेटर गुल्मी अस्पताललाई प्रदान गर्ने लक्ष्मण भुसालले समन्वय र सहजीकरण गरेको थिए । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोरोना नियन्त्रणमा सबैको साथ आवश्यक रहेको बताइन् । कोरोना नियन्त्रणमा नेपाल पत्रकार महासंघले संचालन गरेको अभियानमा सहयोग गर्ने दातालाई प्रमुख जिल्ला अधिकारी शर्माले धन्यवाद दिइन् ।

गुल्मी अस्पतालले अक्सिजन प्लान्ट अभियानलाई संचालन कार्य अघि बढाएको उनले बताइन् । रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले नगर भित्र बेड र अक्सिजनको अभाव हुन नदिने बताए । नेपाल पत्रकार महासंघ गुल्मीले संचालन गरेको अभियानलाई नगरप्रमुख भुसालले प्रशंस गरे ।

पत्रकारले संचालन गरेको अभियानले जनताको जिवन रक्षा महत्पूर्ण भूमिका खेलेको उल्लेख गरे । साथै यो अभियान मार्फत विभिन्न ठाउँबाट सहयोग गर्ने दातालाई नगरप्रमुख भुसालले धन्यवाद दिए ।

गुल्मी अस्पतालका मेसु डाक्टर उत्तम पच्याले कोरोना महामारीमा जनताको जिवन रक्षा गर्न सहयोग गर्ने दातालाई धन्यवाद दिए । साथै गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट अभियान कार्य अब केही दिनमै संचालन हुने डाक्टर पच्याले बताए ।

नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले महासंघको अभियानमा समन्वय गरी सहयोग गर्ने दाताहरु धन्यवादको पात्र भएको बताए । नेपाल पत्रकार महासंघ गुल्मीले संचालन गरेको अक्सिजन प्लान्ट अभियानमा विभिन्न ठाउँबाट सहयोग संकलन कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend