logo
  • मंगलबार, असोज १३ २०८३

२४ घण्टामा देशभर सात हजार एक सय ३५ जना कोरोनामुक्त


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

साझा नेटवर्क,जेठ १०, काठमाण्डौ –गएको २४ घण्टमा देशभर सात हजार चार सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १९ हजार आठ सय ४६ जनाको पीसीआर विधीबाट परीक्षण गर्दा सात हजार दुई सय २० जनामा र ६ सय सात जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय पाँच जना गरी सात हजार चार सय २५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

गएको २४ घण्टामा देशभर सात हजारभन्दा धेरै जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । गएको २४ घण्टामा देशभर सात हजार एक सय ३५ जना कोरोनामुक्त भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण एक सय ८५ जना सङ्क्रमितको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend