logo
  • मंगलबार, असोज १३ २०८३

दिनेश खत्री पौडेलद्वारा लालबन्दीमा स्वास्थ्य सामाग्री हस्तान्तरण


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

शिवराज गौतम, कतार।
विश्वव्यापी महामारी कोभिड -१९ को महामारीको चपेटामा परेको बेला नागरिकहरुको अवस्था लाइ मध्ये नजर गर्दै, कतारमा व्यसायिक संचालन  गर्दै आएका लालबन्दी -९ निवासी दिनेश खत्री (पौडेल)ले लालबन्दीमा रहेको  प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्।
कतारमा व्यासाय संचालन गर्दै आएका सर्लाही लालबन्दी ९ निवास  खत्री (पौडेल) ले यो विपतको घडीमा स्वास्थ्य चौकीमा कार्यरत कर्माचारीको  जोखिम पूर्ण आवास्थालाई मध्ये नजर गर्दै आफुले पनि केहि सक्दो सहयोग गर्नु पर्छ भन्ने उदेश्यले  फ्रन्ट लाइनका कर्मचारी, सेवाग्राही समेतको जीवन रक्षार्थ लागि आफुले यो विपतको घडीमा हस्पिटलमा अहोरात्र खटिनु हुने डाक्टर नर्सहरु स्वास्थ्य सामग्रीको अभावमा अकालमा धेरै मानिसले ज्यान गुमाउनु परेको पिडा दर्दानाक घटना देखिरहेको आवस्थामा आफनो क्षेत्रमा रहेका आफन्ताजन छरछिमेकमा समाजले कसैले पनि आफ्नो आफन्त गुमाउन न परोस् भनि २११,७०० (दुइ लाख एघार हजार सातसय) बरावरको स्वास्थ्य सामाग्री वडा अध्यक्ष गोपाल प्रसाद घिमिरे र दानवीर खत्रीको परिवार मार्फत स्वास्थ केन्द्र प्रमुख डा. प्रगति राना लगायतलाई हस्तान्तरण गरेको बताए।
जसमा हस्तान्तरण गरिएका सामाग्रीहरु निम्न अनुसार छन् पीपीइ -३० थान, गाउन ३० थान, के एन ९५ माक्स २०० पिस ,थर्मल गन-१० पिस, सर्जिकल माक्स -४००० पिस, क्लोरिन पाउडर -१० केजी, टप ग्लब्स -३० प्याकेट, पल्स अक्सो मिटर -१० थान सेनिटैजर-१०० लिटर रहेको छ आज विहान एक छोटो कार्यक्रम गरी सामाग्री हस्तान्तरण गरिएको हो।

हस्तान्तरण कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष सुरेन्द्र कुमार न्यौपाने, कोभिड १९ र्यापिड रेस्पोन्स टिम सर्लाहीका सदस्य मनोज बख्रेल, लालबन्दी स्वास्थ्य साखाका सुरेन्द्र खतिवडा, सुदिप काफ्ले, स्वास्थ्य केन्द्रका डा. प्रगति राना, डा .हर्ष नारायण साह, एच ए राजकुमार सिंह, दिपेश कुमार पाख्रिन , वडा सदस्य सन्तोष पौडेल, ध्रुब केसी दानवीर दाताकि श्रीमती जुना पौडेल खत्री, बुवा कमल बहादुर खत्री, आमा चाद्र्माया खत्री, काका काकी जगत बहादुर /खड्ग माया खत्री, शान्ता पौडेल लगायतको उपस्थिति रहेको थियो।

यस्तो विषम परिस्थितिमा आफ्नो कमाइबाट केहि रकम बचाई जीवन रक्षार्थ खर्च गर्नुहुने खत्री परिवार प्रशंसनिय कार्य प्रति उपस्थितहरुले खुलेर प्रसंसा गरेको ए एच ए राजकुमार सिंहले जानकारी जानकारी गराएका थिए भने समाजले उहाँले गर्नु भएको योगदानको प्रति सधै नतमस्थक हुँदै आभार प्रकट गर्ने बताए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend