साझा नेटवर्क
Blood sample tube positive with COVID-19 or novel coronavirus 2019 found in Wuhan, China
सन्तोष महतारा, गुल्मी जेठ ८ ।
गुल्मीमा पछिल्ला केही दिनहरुमा कोरोना भाइरसको संक्रमण दर तुलानात्मक रुपमा घटेको छ । यसभन्दा अगाडी परिक्षण गरिएका मध्ये करिब ७० प्रतिशतमा कोरोना भाइरसको संक्रमण पुष्टी भएकोमा पछिल्ला दिनहरुमा परिक्षण गरिएका मध्ये ३० देखी ४० प्रतिशतमा मात्र कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
गुल्मीमा दोस्रो लहर सुरु भएपछि एन्टिजेन विधिबाट १ हजार ८ सय ८० र पिसिआर विधिबाट १ हजार ३ सय ३९ जना गरी कुल ३ हजार २ सय १९ जनाको कोरोना परिक्षण गरिएको छ ।
जसमध्ये कुल १ हजार ६ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख गरिएको छ । समष्टिगत तथ्याङ्क हेर्ने हो भने गुल्मीमा परिक्षण गरिएका मध्ये ५२.५६ प्रतिशतमा कोरोनाको संक्रमण देखिएको हो ।
पछिल्ला दिनमा संक्रमणको प्रतिशत दर केही मात्रामा घटेर ३० देखी ४० प्रतिशतमा आएको छ । यसरी हेर्दा कोरोनाको संक्रमण दर विस्तारै घट्ने देखिन्छ । कोरोनाका कुल संक्रमित मध्ये अहिले ३५ प्रतिशत संक्रमित कोरोनाबाट निको भएर घर फर्किएका छन् ।
संक्रमित मध्ये ३.७८ प्रतिशत बिरामीको मृत्यु भएको छ । यसरी हेर्दा पनि कोरोना लागेपछि मृत्यु हुने सम्भावाना निकै कम देखिन्छ । अझै पनि ६१ प्रतिशत भन्दा बढी कोरोना संक्रमित उपचारको क्रममा रहेका छन् ।
उनीहरुको अवस्था सामान्य रहेको छ । संक्रमित मध्ये ३५ जनाले अस्पतालको आइसोलेशनमा उपचार गराइरहेका छन् । भने बाँकी संक्रमित होम आइसोलेशनमा बसिरहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend