logo
  • शुक्रबार, साउन ८ २०८३

पश्चिम नवलपरासीमा एकसय ३५ जना कोरोना संक्रमित निको भए


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

उर्मिला यादव यात्री, नवलपरासी जेठ ८ ।
पश्चिम नवलपरासीमा शनिबार एक सय ३५ जना कोरोना संक्रमित निको भएका छन । यो संगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई हजार ६५ पुगेको छ । यस्तै गरी आज जिल्लामा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पीसीआर परीक्षणबाट ५६ र एन्टिजेनबाट ३ जना गरी ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कुल संक्रमितको संख्या तीन हजार, पाच सय ५८ पुगेको छ ।

शनिबार सबै भन्दा बढी सुनवल नगरपालिकामा १४ जना महिला र ७ जना पुरुष गरी २१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गरी बर्दघाट नगरपालिकामा १७ जना, रामग्राम नगरपालिकामा ५ जना, सरावल गाउपालिकामा ४ जना, प्रतापपुर गाउपालिकामा १ जना र सुस्ता गाउपालिकामा ११ जनामा संक्रमण पुष्टि भएको छ ।

पाल्हिनन्दन गाउपालिकामा शनिबार पनि कोरोना संक्रमितको संख्या शुन्य रहेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । यस्तै गरी जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार तीन सय ७९ रहेको छ ।

शनिबार कोरोना संक्रमणबाट जिल्लामा तीन जनाको ज्यान गएको छ । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या एक सय चौध पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend