logo
  • आइतबार, असोज ११ २०८३

जहाँ समस्या त्यहाँ युवा : लक्ष्मण सापकोटा


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

सिर्जना आचार्य,  कपिलवस्तु जेठ ५ ।
कपिलवस्तुको जिल्लामा रहेको युथ युनिटी वेल फेयर असोसिएसन (युवा) कपिलवस्तुले महामारिको बेलामा जस्तो सुकै समस्यामा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । कपिलवस्तु जिल्लावासिलाइ महामारिको बेला सहजीकरण को लागि युवा कपिलवस्तुले राम्रो कदम चालेको छ ।

महामारिमा खाद्यान्न समस्या , एम्बुलेन्स समस्या र अक्सिजन अभाबलाइ मध्यनजर गर्दै युवा कपिलवस्तुले सहजीकरण सेवा थालेको युवा कपिलवस्तुका लक्षमण सापकोटाले बताउनु भयो ।

उहाले साँझनेटवर्क सङ भन्नुभयो “विगत केही हप्तादेखी अप्रत्याशित रुपमा फैलिरहेको कोरोना संक्रमणलाई मध्यनजर गर्दै कपिलवस्तुमा हामी कोभिड १९ आकस्मिक हेल्प डेक्स संचालन अभियानमा युवा कपिलवस्तु जुटिरहेको छ।अक्सिजन बैंक अस्पतालसंग सहकार्य गरि आवश्यक सबै खालका कार्यहरुलाई त्यहीबाट संचालन गरि युवा कपिलवस्तुले तपाईँहरुलाई सहयोग गर्ने छ।

खाद्यान्न अभाव एम्बुलेन्स अक्सिजन र बेड सबै खाले आकस्मिक सेवामा कपिलवस्तु वासीहरुलाई सहज बनाउनका निम्ति सम्बन्धित निकायसँग हातेमालो गरि हाम्रो अभियान सुरुवात गर्दै छौं।यो संक्रमणको समयमा नयाँ भेरियन्ट देखिएकाले आवश्यक स्वास्थ मापदण्ड अपनाइ सुरक्षित रहन अनुरोध गर्दछौं।

यस्तो बेलामा कोहि कतै अप्ठ्यारोमा पर्नु भएको छ भने तुरुन्त यी नम्बरहरुमा ९८५७०१४५०२, ९८२१९३२९०७, ९८१७४२३००६, ९८४९२९८९१२ सम्पर्क गर्न सक्नु हुनेछ भने युवा कपिलवस्तु जुनसुकै समस्यामा पनि अग्रपंक्तिमा रहेर समाज सेवा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend