logo
  • आइतबार, असोज ११ २०८३

पश्चिम नवलपरासीमा ५५ जना निको भएसँगै ९८ जनामा कोरोना संक्रमण पुष्टी


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

उर्मिला यादव यात्री,नवलपरासी जेठ ४ ।
पश्चिम नवलपरासीमा आज मंगलबार ९८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परीक्षणबाट ५५ र एन्टिजेनबाट ४३ जना गरी ९८ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यो संगै जिल्लामा कुल संक्रमितको संख्या तीन हजार, २ सय २३ पुगेको छ । आज सबै भन्दा बढी सुनवल नगरपालिकामा २६ जना महिला र २० जना पुरुष गरी ४६जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै बर्दघाट नगरपालिकामा २५ जना, रामग्राम नगरपालिकामा २० जना, सरावल गाउपालिकामा ३ जना, प्रतापपुर गाउपालिकामा २ जना, र सुस्ता गाउपालिकामा २ जनामा संक्रमण पुष्टि भएको छ भने पाल्हिनन्दन गाउपालिकामा आज संक्रमितको संख्या शुन्य रहेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

मङ्गलबार कोरोनाबाट ५५ जना निको भएका छन भने जिल्लामा कुल १ हजार ७ सय ६३ जना कोरोना संक्रमित निको भएका छन । यस्तै गरी जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार तीन सय ६३ रहेको छ ।

आज कोरोना संक्रमणबाट रामग्राम नगरपालिका वडा नम्बर तीनकी ६५ बर्षिय एक महिलाको होमआइसोलेसनमा मृत्यु भएको छ । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या ९७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend