logo
  • आइतबार, असोज ११ २०८३

अक्सिजन अभियानमा जुट्न लोक दोहोरी प्रतिष्ठानको आग्रह


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल, गुल्मी जेठ ०३।
गुल्मीमा संचालन भइरहेको अक्सिजन प्लान्ट निर्माण अभियानमा जुट्न गुल्मीको लोक तथा दोहोरी गित प्रतिष्ठान, जिल्ला शाखा गुल्मीले आग्रह गरेको छ ।

सोमबार संस्थाका अध्यक्ष बसन्त खत्री र सचिव भुवन भुसालद्धारा हस्ताक्षरित विज्ञप्तीमा पत्रकार महासंघ, गुल्मीले संचालन गरेको अक्सिजन प्लान्ट निर्माण अभियानमा सघाउन सबैलाई अपिल गरेको छ ।

अक्सिजनकै अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले संचालन गरिएको उक्त अभियानलाई सघाउनु र अभियान सँगसँगै हातेमालो गर्नु आफुहरुको दायित्व भएको अध्यक्ष खत्रीले बताए ।

उक्त कार्यको लागि संस्थाले केही रकम संकलन गरिसकेको र जिल्ला भित्र र बाहिर रहने कलाकारहरुलाई प्लान्ट निर्माणको लागि आर्थिक रकम लोक तथा दोहोरी गित प्रतिष्ठानमार्फत संकलन गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend