साझा नेटवर्क
सिर्जना आचार्य, कपिलवस्तु जेठ ३ ।
कपिलवस्तुमा बृहत रक्तदान कार्यक्रम गरिने भएको छ । कोरोना महामारीको बेला सचेतमा कार्यक्रम, स्वास्थ्य सामग्री प्रदान तथा अक्सिजन बैंक सन्चालन गरिरहेका सस्था लायन्स क्लब अफ बाडगङ्गा, लायन्स क्लब अफ कपिलवस्तु तथा कपिलवस्तु जेसिसको संयुक्त आयोजनामा भोलि कपिलवस्तु जेसिसको सचिबालयमा बृहत रक्तदान कार्यक्रम सन्चालन गर्न लागेको हो ।
कोरोना महामारीका बिच स्वास्थ सस्थाहरुमा आबस्यक रगत अभाब भयेको जानकारी आयेपछी रगत अभाब हुन नदिन रक्तदान कार्यक्रम संचालन गर्न लागियको लायन्स क्लब अफ बाडगङ्गाका मेम्बर कोअर्डिनेटर खिमानन्द पौडेलले जानकारी दिनुभयो ।
सम्पुर्ण स्वास्थ्य मापदण्ड पालना गर्दै कार्यक्रम संचालन गरिने हुदा कार्यक्रममा सहभागिताको लागि सम्पुर्ण इच्छुक महानुभावलाई कपिलवस्तु जेसिसका कार्यकारिणी उपाध्यक्ष प्रबिन पौडेलले अनुरोध गर्नु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend