logo
  • आइतबार, असोज ११ २०८३

कृष्णनगर नगरपालिकामा निषेधाज्ञामा थप कडाई गरिने


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

प्रिन्स मिश्रा , कपिलवस्तु बैशाख ३१ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा निषेधाज्ञामा थप कडाइ गर्दै कोरोना जोखिमलाई नियन्त्रण गर्न प्रहरीले चेन ब्रेक गर्ने भएको छ ।

नगरमा कोरोण संक्रमित विरामीको संख्या बढ्दै गएकाले प्रशासनले जारीको गरेको निषेधाज्ञालाई पूर्ण रूपमा पालन गर्न गराउन सम्बन्धित सबैले आफ्नो तहबाट भूमिका निर्वाह गर्ने निर्णय भएको छ ।

इलाका प्रहरी कार्यालय कृष्णनगर , इलाका प्रहरी कार्यालय बहादुरगन्ज , उद्योग वाणिज्य संघ कृष्णनगर जनप्रतिनिधी र प्रहरी चौकीहरुको सयुक्त बैठकले कोरोना महामारी नियन्त्रण गर्न निषेधाज्ञालाई कडाईका साथ पालन गर्न निर्णय गरेको हो ।

तोकिएको समय बाहेक अन्य समयमा हिड्ने ,माक्स प्रयोग नगर्ने चोक चौराहमा जम्मा हुनेहरु लाई कारबार्हि गरिने ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शूकदेव पौडेलले बताउनु भयो ।

नगरमा कोरोना महामारीको जोखिम अतिउच्च भएकोले यसको नियन्त्रणका लागी निषेधाज्ञाको पूर्ण पालन गराउनु पर्ने भएकोले अब थप कडाइ गरिने बताउनु भयो ।

छलफलमा कोरोना संक्रमितहरुको शव व्यवस्थापनाका लागि शव वाहन, एम्वुलेन्स व्यवस्थापन, अक्सिजन लगायतलाई प्रथमिकतामा राखेर जनप्रतिनिधीहरु संग सहकार्य गरिने कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले बताउनु भयो ।

प्रहरी एक्लैले कडाइ गरेर मात्रै नहुने हुदाँ जनप्रतिनिधी संघ संस्था, बुद्धिजीवी बर्गले समेत समन्वय गर्नु पर्ने ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक शुकदेव पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend