साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी भदौ १२।
नेपाल विद्युत प्राधिकरणले लामो समयदेखि विद्युत महसुल नबुझाएका ग्राहकको लाइन काट्न शुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशन बमोजिम पहिलो चरणमा महसुल नबुझाउने ग्राहकको लाइन काट्न थालिएको हो।
आइतबार एमाले पार्टी कार्यालय मदन आश्रित स्मृति भवन र नेपाली काङग्रेस पार्टी कार्यालय विपि स्मृती भवनको लाइन काटिएको छ । एमाले पार्टी कार्यालयले २३ हजार २ सय ४० रुपैया र काङग्रेस पार्टी कार्यालयले १५ हजार बिद्युत महसुल बाकी बक्यौता नबुझाए पछि लाइन काटिएको नेपाल बिद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख शंकर अर्यालले बताए ।
त्यस्तै शिव शक्ति चलचित्र मन्दिरको पनि लाइन काटिएको छ । त्यसले २३ हजार ३ सय ३८ बिद्युत महसुल बुझाउन बाकी छ । प्राधिकरणको गुल्मी वितरण केन्द्रले अहिले सम्म ४० जना ग्रहाकको लाइन काटेको निमित्त कार्यालय प्रमुख अर्यालले बताए । पछिल्लो अभियान अन्तरगत तीन दिनमा लाइन काटेर असुल उपर गर्नुपर्ने ३ लाख ८७ हजार ५ सय ५८ मध्ये २ लाख ७६ हजार ८ सय ३९ रुपैयाा असुल भएको वितरण केन्द्रले जनाएको छ ।
एक दिनमा १० जना ग्रहाकको लाइन काटेर बाँकी बक्यौता असुल गर्नुपर्ने मन्त्रालयको निर्देशन आएको निमित्त प्रमुख अर्यालको भनाई छ । धेरै महसुल नबुझाउने स्वास्थ्य संस्था भएकाले अब अन्तिम पटक पत्र पठाएपछि काइन काटिने समेत उहाले बताउनुभयो । जिल्लामा तम्घास र रिडि वितरण केन्द्र अन्तरगतका २० हजार ५ सय र सामुदायिक ग्रामिण बिद्युतीकरण अन्तरगतका गरी ४२ हजार ग्रहाक रहेका छन् ।
२० हजार भन्दा माथी तीन महिना बढि समय बक्यौता नतिरेका तम्घास बिवतरण केन्द्र अन्तरगत १४ जना ग्रहाक रहेका छन् । गुल्मीमा साना ठुला ग्रहाकको गरी २७ लाख ३७ हजार रुपैयाा असुल उपर गर्नुपर्ने बाकी बक्यौता छ । त्यसमा करिव १४ लाख जिल्लाका सरकारी कार्यालय कै बाकी बक्यौता असुल उपर गर्नुपर्ने छ ।
जस अन्तरगत असुल उपर गराउने संस्था नेपाल बिद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रकै ३० हजार ८ सय ८ र बिरवास वितरण केन्द्रको ९९ हजार ९ सय ६५ गरी १ लाख ३० हजार ७ सय ७३ रुपैया नै बक्यौता देखिएको छ । त्यस्तै वीरवास सामुदायिक ग्रामिण बिद्युत उपभोक्ताको समितिको ६० हजार ९ सय ३४ रहेको छ ।
सवै भन्दा बढि जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रको ७ लाख ८३ हजार ९१ रुपैया बाकी बक्यौता रहेको छ । त्यस्तै रिडी प्राथमिक स्वास्थ्य केन्द्रको पनि २ लाख १४ हजार ४ सय ८ बक्यौता उठाउन बाकी रहेको रिडी शाखा प्रमुख विश्व पाण्डेयले बताए ।
ताकेता पछि श्रृङ्गा हेल्थ सेन्टरले बाकी बक्यौता १ लाख ६४ हजार ९ सय ६१ र अस्लेवा स्वास्थ्यचौकीले ४४ हजार २ सय ७७ भदौ १० गते बुझाएको उहाले बताउनुभयो । जिल्लामा स्वास्थ्य संस्थाको मात्रै १२ लाख ८२ हजार ३ सय ५ रुपैयाा बााकी बक्यौता रहेको थियो ।
त्यस्तै केहि गाविस कार्यालय, बिद्यालय र प्रहरी चौकीले समेत लामो समय सम्म बाकी बक्यौता तिरेका छैनन्
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend