साझा नेटवर्क
बैशाख २९, काठमाण्डौ – गएको २४ घण्टामा नेपालमा नौ हजार तीन सय पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार तीन सय ६२ जनाको पीसीआर विधि मार्फत परीक्षण गर्दा नौ हजार दुई सय ३८ र चार सय २४ जनाको एन्टिजेन मार्फत परीक्षण हुँदा ६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोना सङ्क्रमणका कारण नेपालमा थप एक सय ६८ जनाको ज्यान गएको छ ।
मन्त्रालयका अनुसार गएको २४ घण्टामा चार हजार चार सय ४४ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend