logo
  • आइतबार, असोज ११ २०८३

रेडियो धुर्कोटलाई स्वास्थ्य सामाग्री हस्तान्तरण


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क,गुल्मी वैशाख २८ ।

सामुदायिक रेडियो धुर्कोट एफ्.एम्. १०२.२ मेगाहर्जलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीको समन्वय तथा धुर्कोट गाउँपालिकाको सहयोगमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।एक सय ओटा माक्स र एक लिटर चार सय मिलिलिटर सेनिटाइजर हस्तान्तरण गरिएको हो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम खनाल, पत्रकार महासंघ गुल्मीका कार्यसमिति सदस्य हुमाकान्त पोखरेल, वडा नम्बर ४ जैसिथोकका वडा सचिव सुवास पन्थी लगायतले रेडियोका निमित्त स्टेशन म्यानेजर बासुदेव पोखरेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । पत्रकार महासंघका कार्यसमिति सदस्य पोखरेलले सञ्चारमाध्यममा काम गर्ने सञ्चारकर्मीलाई कोभिडको उच्च जोखिम रहेको भन्दै सम्बन्धित स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य सामग्री उपलब्ध गराइएको बताए । उनले गुल्मी जिल्लाभरका पालिकाहरुसँगको समन्वयमा जिल्लाका सबै सञ्चारमाध्यम र सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने जानकारी दिए ।

स्वास्थ्य संयोजक खनालले गाउँपालिकामा भएको रेडियोको लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन आफुहरु तयार रहेको बताए । त्यस्तै रेडियोका निमित्त स्टेशन म्यानेजर बासुदेव पोखरेलले सहयोग गर्ने गाउँपालिका र समन्वय गर्ने पत्रकार महासंघलाई धन्यवाद् दिए । नेपाल पत्रकार महासंघ, गुल्मीले पछिल्लो समय अक्सिजन अभियान पनि सुरु गरेको छ । महासंघले रेसुङ्गा नगरपालिका र शुभ लक्ष्मी फर्माको सहयोगमा आफ्नै कार्यालयमा पत्रकार तथा सञ्चारकर्मीको लागि पाचँ शैयाको आइसोलेशन पनि तयार पारेको महासंघका सदस्य हुमाकान्त पोखरेलले जानकारी दिए ।

त्यसका साथै उनले कोही कसैले संक्रमित वा स्वास्थ्य संस्थालाई सहयोग गर्न चाहेमा पत्रकार महासंघले पुलको काम गर्ने पनि पत्रकार महासंघका कार्यसमिति सदस्य हुमाकान्त पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend