साझा नेटवर्क
साझा नेटवर्क,बैशाख २६ काठमाडौं । संवैधानिक परिषदले लोक सेवा आयोगको अध्यक्षमा माधव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद बैठकले सिफारिस गरेका रेग्मी पूर्वसचिव हुनुहुन्छ ।
रेग्मी लोक सेवा आयोगमै शाखा अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो । उहा त्यहीबाट अवकास प्राप्त कर्मचारी हुनुहुन्छ ।
सरकारी सेवाका सबैजसो पदमा क्रमशः सेवा गरेको अनुभव संगालेका रेग्मी २०६८ साल साउन ११ गते सचिव बन्नुभएको थियो । सचिवको रुपमा पूरै पाँच वर्ष कार्यकाल पूरा गरेर उहा ५४ वर्षको उमेरमा लोक सेवा आयोगबाटै रिटायर्ड हुनुभएको थियो ।
आजको बैठकमा सभामुख अग्नि सापकोटा र प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित नभए पनि संवैधानिक परिषद्का अध्यक्ष समेत रहने प्रधानमन्त्री कपी शर्मा ओली, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बैठकले नियुक्ति सिफारिस गरेको हो ।
परिषद्ले अन्य कैयौँ नियुक्ति गरेको पनि तिमिल्सिनाको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले संसद् छलेर स्वेच्छाचारी रूपमा अध्यादेश ल्याएको र संवैधानिक परिषद्को बैठक बोलाएको भन्दै सभामुख सापकोटा यसअघिको बैठकमा पनि सहभागी हुनुभएको थिएन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend