logo
  • आइतबार, असोज ११ २०८३

झिमरुक गाउँपालिकाले गर्याे निर्णय अबज्ञा गर्नेलाई कडा कार्वाही


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

बिमल प्रसाद पोखरेल, प्युठान वैशाख २६।
बिश्वभर महामारिका रुपमा फैलिएको काेभिड १९ काे दाेस्राेलहर हाल प्युठान जिल्लामा पनि ब्यापक रुममा फैलिएकाे हुँदा जन्तालाई सजक बनाउन वडाले कडा निर्णय गरेकाे हाे।

झिमरुक गाउँपालिकामा काेभिड संक्रमित केही ब्याक्तिले ज्यान गुमाएपछि तीन जिल्लाकाे संगम झिमरुक एक काे साैतामारे नाकाबाट ईमर्जेन्सी बाहेक आवाज जाबत बन्द गर्ने, सभा,ममाराेह ,बैठक बस्न बन्द गर्ने, बिबाहमा भाेजभतेर बन्द गर्ने,हाेटल तथा रेष्टुरेन्ट पुर्णरुपमा बन्द गर्ने,खाधन्न पसल बिहान ७ बजे देखि नाै बजेसम्म र साझ ५ बजे देखि छ बजेसम्म खुल्ला गर्ने।

एक जिल्लाबाट अर्काे जिल्ला अनावश्यक आवाज जावत बन्द गर्ने,खाधन्न पसलमा अनिवार्य सामाजिक दुरि कायम गर्नुपर्नुे,माक्स सेनिटाईजर प्रयाेग गर्ने,लघुबित्त तथा बित्तिय संस्थाकाे बैठक बन्द गर्ने,बजार तथा गाउघरमा हिडडुल गर्नुपरेमा माक्स लगाउने,भारत तथा तेर्साे मुलुकबाट आउने अनिबार्य १३ दिनसम्म हाेम क्वारेन्टाइनमा परिवारका सदस्यहरुसंग घुलमिल नगरिबस्ने,हाेम क्वारेन्टाइनमा बसेकाहरुले अनिवार्य साैचालय ,भाडाबर्तन,लत्ताकपडा अलग अलग प्रयाेग गर्ने निर्णय गरेकाे छ।

आज बडा कार्यलयकाे कम्पाउन्डमा सामाजिक दुरि कायम गर्दै वडा अध्यक्ष धुर्ब खनालकाे अध्यक्षमा सर्बदलिय बैठकमा नेकपा एमालेका वडा अध्यक्ष निमबहादुर सुनार,राष्ट्रिय जनमाेर्चाका वडा अध्यक्ष दिपक केशि,नेकपा माओबादी केन्द्रका पार्टी सचिब दामाेदर रेग्मि ,नेपाली काङ्ग्रेसका वडा प्रतिनिधि रत्नबहादुर के शि,स्वास्थ्य कार्यलय झिमरुक एकका प्रमुख जान बहादुर पुन,बिधालयका प्रतिनिधि दानबहादुर जि सि, वडा सदस्यहरु,वडा प्राबिधिक वडा सचिब तथा स्थानिय बुद्धिजिबिहरुकाे उपस्थितमा बैठकबसि यस्ताे निर्णय गरेकाे हाे,।

वडाले गरेकाे निर्यणकाे अबज्ञा गरेमा काेभिड १९ बमाेजिमकाे कार्बाहि गर्न सम्बन्धित निकायमा जानकारि गराउने निर्णय गरेकाे छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend