साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी वैशाख २६।
मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् ।
मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले गाउँकै अस्थायी कोभिड अस्पतालबाट कोरोना जितेका हुन् । उनलाई श्वास फेर्न गाहे हुने र ज्वरो आएपछि अभिभावकले वैशाख २० गते स्वास्थ्य चौकी लगेका थिए । स्वास्थ्यकर्मीले कोरोनाको आशकांमा एन्टिजेन्ट परीक्षण गर्दा कोरोना पोजेटिभ आयो ।
त्यसपछि सोही दिन नै गाउँपालिकाले वडा नम्बर ४ म्यालपोखरीमा संचालन गरेको अस्थायी कोभिड अस्पतालमा भर्ना गरियो । उनलाई गाउँपालिकाले खरिद गरेको अक्सिजन दिएको र अन्य भिटामिनको सहायताले कोरोना निको भई पाचौँ दिनमा शनिबार साँझ डिस्चार्ज गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक तिर्थराज पन्थीले बताए ।
कोरोना संक्रमितको उपचारका लागि म्यालपोखरीमा १० शैयाको अस्थायी कोभिड– १९ अस्पताल बनाएको छ । जसमा तीनओटा अक्सिजन प्लान्ट र ६ ओटा अक्सिजन सिलिन्डर छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend