logo
  • आइतबार, असोज ११ २०८३

पत्रकार महासंघ गुल्मीद्वारा संक्रमितको उपचारमा गम्भिर बन्न आग्रह


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल, गुल्मी वैशाख २५ ।
नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले कोरोना संक्रमितको उपचारमा गम्भिर बन्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ । शनिबार बसेको पत्रकार महासंघ, गुल्मीको बैठकले जिल्लाका सबै पालिका, तम्घास अस्पताल तथा जनस्वास्थ्य कार्यालयलाई संक्रमितको उपचारमा गम्भिर बन्न आग्रह गरेको हो ।

पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको सङ्ख्या बढी भएपनि उपचार नपाएरै बिरामीको मृत्यु हुने अवस्थालाई मध्यनजर गर्दै पत्रकार महासंघले यस्तो आग्रह गरेको हो । त्यसैगरी सबै पालिकामा अक्सिजनसहितको आइसोलेशन निर्माण गर्न, सम्भव भए पालिकामै कोभिड अस्पतालको स्थापना गरी उपचार सुरु गर्न पनि महासंघले आग्रह गरेको अध्यक्ष टोपलाल अर्यालले जानकारी दिनुभयो ।

बैठकले लामो समयदेखि बन्द रहेको जिल्लाको कोरोना परीक्षण प्रयोगशाला पुनःसंचालनमा ल्याउनको लागि पनि आग्रह गरेको छ । ल्याब बन्द भएसँगै स्वाब परीक्षणका लागि पुनः बुटबल पठाउनुपर्ने बाध्यता भएको र यसले कोरोना संक्रमितको पहिचानमा ढिलाई भइ कोरोना फैलिने जोखिम रहेकोले सकेसम्म छिटो ल्याब संचालन गर्न आग्रह गरिएको अध्यक्ष अर्यालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend