logo
  • आइतबार, असोज ११ २०८३

भारतमा कोरोनाका कारण एकैदिन चार हजारभन्दा धेरैको मृत्यु


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क,बैशाख २५, भारतमा कोरोना भाइरसका कारण एकैदिन चार हजारभन्दा धेरैको मृत्यु भएको छ ।
गएको २४ घण्टामा कोरोनाका कारण चार हजार एक सय ८७ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
योसँगै भारत एकैदिन कोरोना सङ्क्रमणका कारण चार हजारभन्दा धेरैको ज्यान जाने तेस्रो देश बनेको छ ।
यसअघि ब्राजिल र अमेरिकामा एकैदिन चार हजारभन्दा धेरैको मृत्यु भएको थियो । यस्तै, गएको २४ घण्टामा भारतमा चार लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ ।
भारतमा अहिले सम्म दुई करोड १८ लाख ९२ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने दुई लाख ३८ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend