साझा नेटवर्क
अर्घाखाँची, भदौ १२ ।
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट प्युठानको बाँधिकोटतर्फ जाँदै गरेको जिप हंसपुरको रतनमारे नजिकै आइतबार दिउँसो तीन बजेतिर दुर्घटनामा परेको थियो। दुर्घटनामा ११ जनाको मृत्यु भयो । घटनास्थलमा ९ जनाको र २ जनाको जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको थियो । दुर्घट्नामा ७ जना घाइते भएका छन् ।
मृतकको विवरण यस प्रकार छ गुल्मी पुर्कोटदह ८ का ५२ वर्षका भेषबहादुर थापा ,गुल्मी भनभने १ का ५५ वर्षका बुद्धिराम परियार ,प्युठानका ६२ वर्षिय शोभारोका मगर ,प्युठान अर्खाका राम बहादुर घर्तिमगर हंसपुरका ६५ वर्षिय भिम केसी,सन्धीखर्क नपा ११ का ३६ देव बहादु र थापा,हंसपुरका हुम बहादुर घम हंसपुर- ५ , अर्घाखाँची सिता नेपाली, सन्धिखर्क नगरपालिका – २, अर्घाखाँची नारायण बहादुर राना ( गाडी धनी ) , किमडाँडा, अर्घाखाँची कमला पौडेल, धारापानी – ६, अर्घाखाँची शिव बहादुर कुवर, पुर्कोटदह, गुल्मी रहेका छन् ।
दुर्घटनामा घटना स्थलमै ९ जनाको मृत्यु भएको थियो भने उपचारको क्रमकमा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना ६ जना घाईते मध्ये सन्धिखर्क जिल्ला अस्पतालमा २ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिपमा १८ जना सवार रहेका थिए ।
दुर्घटनाको समाचार साझा नेटवर्क बिभिन्न मिडियामा समाचारमा आउन थालेपछि जिल्लाभर धेरैको चुलोमा अवेरा सम्म आगो नबोलेको बताए। कयौ सन्धिखर्कबाट नै घटना स्थलसम्म नै पुगे । घाइते ल्याइएको जिल्ला अस्पताल सन्धिखर्कमा भिडै-भिड भयो बताए । अर्घाखाँचीको सडकमा हरेक पटक ठुला-ठुला गाडी दुर्घटना हुँदै आएका छन् । बर्षनी दर्जनौ मानिसहरुले ज्यान समेत गुमाएका बताए । यसैगरि जिप दुर्घटना भएको खबरले जिल्ला सोक मग्न भएको छ ।
जिल्लामा तिजको रौनक्ता छाएको बेला जिप दुर्घटना भएको खबर आएपछि जिल्लाबासी भाबुक भएका हुन जिल्लामा आज कहिकतै तिजगित समेत नभएको बताएको छ । हंसपुरमा भएको जिप दुर्घटना प्रति बिभिन्न संघ – संस्था, राजनीतिक दलले गहिरो दु:ख व्यक्त गरेका छन् । नेपाली काङ्ग्रेस अर्घाखाँचीले गहिरो दु:ख ब्यक्त गर्दै घाइतेहरुको सिघ्र स्वास्थ लाभको कामना गरेको छ ।
काङ्ग्रेस अर्घाखाँचीका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानले आज विज्ञप्ती प्रकाशित गरि जिप दुर्घटनामा परि मृत्यु हुने मृत्तकहरु प्रति श्रर्दानजलि ब्यक्त गर्दै घाइतेलाई सुबिधा सम्पन्न अस्पतालमा उपचार गर्ने ब्यबस्था मिलाउन सम्बन्धि निकायको ध्यानाकर्षण गराउदै घाइतेहरुको सिघ्र स्वास्थ लाभको कामना गरिएको विज्ञप्तीमा उल्लेख गरिएको बताए ।
यस्तै जिल्लाबाट एमाले, मसाल, माओवादी लगायतका राजनीतिक दलहरुले हंसपुरमा भएको जिप दुर्घटना प्रति गहिरो दु:ख व्यक्त गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend