साझा नेटवर्क
अनिल खत्री,गुल्मी बैशाख २० ।
गुल्मी क्षेत्र नम्बर–१ मा जोखिम वस्तीमा पहिरो रोकथामका लागि गर्न ३ करोड बढि बजेट बिनियोजन भएको छ । जिल्लाका बिभिन्न स्थानमा पहिरोका कारण वस्ती जोखिममा परेका स्थानमा रोकथामका लागि ३ करोड २० लाख बिनियोजन भएको हो ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको पहलमा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयबाट पहिरोका कारण वस्ती जोखिममा परेका स्थानमा रोकथामका लागि बजेट बिनियोजन भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका स्वकीय सचिव जंग नेपालीले बताए । पहिरोका कारण वस्ती जोखिममा परेको रुरु क्षेत्र गाउँपालिका वडानम्बर–५ बम्घामा टाहाटीम पहिरोका रोकथामका लागि रु ७५ लाख, सत्यवती गाउँपालिकाको वडानम्बर–५ हँसराको सुन पहिरोका रोकथामका लागि रु ४५ लाख, छत्रकोट गाउँपालिकाको वडानम्बर–४ दिगाम स्थित दिगाम पहिरो रोकथामका लागि रु ७५ लाख रकम बिनियोजन भएको छ ।
त्यस्तै रेसुङ्गा नगरपालिका वडानम्बर–१३ दुबिचौर भँगारी पहरो रोकथामका लागि रु ५० लाख, रुरु क्षेत्र गाउँपालिका वडानम्बर–३ थानपति मनबाग पहिरो रोकथामका लागि रु ७५ लाख बिनियोजन भएको नेपालीले बताए । बिनियोजन भएको रकम यसै आर्थिक वर्षमा खर्च गरिसक्नु पर्नेछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend