साझा नेटवर्क
सम्झना पोखरेल,गुल्मी वैशाख २० ।
गुल्मीको धुर्कोट गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमितको संख्या १८ पुगेको छ । सोमबारसम्म कोरोना भाइरस (कोभिड १९) का सक्रिय संक्रमितको संख्या १८ पुगेको कोरोना विशेष सुचना अधिकारी डिल्लीराज पराजुलीले जानकारी दिनुभयो ।
संक्रमित हुनेमा वडा नं. ४ मा महिला १ जना र पुरुष ३ जना गरी ४ जना, वडा न. ५ मा ३ जना महिला र ४ जना पुरुष गरी ७ जना, वडा न. ६ मा २ जना महिला र ४ जना पुरुष गरी ६ जना र वडा न. ७ मा १ जना महिला रहेका छन् ।
हाल संक्रमित व्यक्तिहरु होम आइसोलेशनमा स्वास्थ्यकर्मिको निगरानिमा रहेको पनि सुचना अधिकारी पराजुलीले जानकारी दिनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend